धनकुटाको हिलेमा प्रदेश स्तरिय पोम डाङ प्रशिक्षण पाठ्यक्रम सुरु

धनकुटा । धनकुटाको हिलेमा आजदेखि प्रदेश स्तरिय पोम डाङ प्रशिक्षण पाठ्यक्रम ( poom dan examiner training course) शुरु भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपालको वार्षिक नीति तथा कार्यक्रम अनुसार प्रशिक्षण शुरु गरिएको हो ।

राष्ट्रिय तेक्वान्दो संघ नेपाल केन्द्रीय कार्यलयको आयोजमा तथा राष्टिय तेक्वान्दाे संघ नेपाल धनकुटाको सह- आयाेजनामा सञ्चालित प्रशिक्षणकाे धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले उद्घाटन गर्नु भएको हो ।

संघका जिल्ला अध्यक्ष उत्सव राईको अध्यक्षतामा सञ्चालित प्रशिक्षण उद्घाटन कार्यक्रममा बाेल्दै नगर प्रमुख तामाङले खेल पर्यटनलाई प्रवर्द्वन गर्नु पर्ने बताउनु भयाे । उहाँले याे खेलका लागि नगरले आवश्यक सहयाेग गर्ने प्रतिवद्वता समेत जनाउनु भएकाे छ । त्यस्तै शहिदभुमी गाउँपालिका अध्यक्ष मनाेज राई खेलकुदकाे क्षेत्रलाई प्राथामिक्ता दिएर अघि बढ्न आवश्यक रहेकाे धारणा राख्दै याे प्रशिक्षणले तेक्वान्दाेकाे विकासमा सहयाोग पुग्ने बताउनु भयाे ।

प्रशिक्षण उद्घाटन कार्यक्रममा धनकुटा नगरपालिका वडा नं १ का वडाध्यक्ष वाङ्दा तामाङ,हिले बजार व्यवस्थान समितीका अध्यक्ष लालचन गाेङवा, राष्टिय तेक्वान्दाे संघका केन्द्रीय अध्यक्ष महेश्वर फुयाल, व्याडमिन्टन क्लव अध्यक्ष भैरव याम्फु लगायतले मन्तव्य राखेका थिए । भाेलिसम्म सञ्चालन हुने प्रशिक्षण उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य संघका जिल्ला सचिव माेहन खान ठकुरीले राख्नु भएकाे थियाे भने सञ्चालन उपाध्यक्ष युवराज शाहीले गर्नु भएकाे थियाे ।

कार्यक्रममा धनकुटा, सुनसरी, माेरङ र ईलामका जम्मा २६ जना खेलाडीले प्रशिक्षण लिईरहेका छन् । कार्यक्रममा मास्टर राज कुमार राईले प्रशिक्षण दिईरहनु भएकाे छ । प्रशिक्षण उद्घाटनकाे क्रममा अब धनकुटा जिल्लाकाे सबै स्थानिय तहमा डाेजाङ खाेल्ने तयारी गरिएकाे राष्टिय तेक्वान्दाे संघ धनकुटाले जनाएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖