‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को पहिलो अडिसन दिने ८० जनामध्ये ५० जना छनौट

इटहरी । बालबालिकाको सौन्दर्य र बौद्धिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले कोशी प्रदेशको इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’ प्रतियोगिता सुरु भएको छ । ग्लोबल ड्रीम्स म्यानेजमेन्ट प्राली र ओपन स्पेस प्रालीको संयुक्त आयोजनामा यो प्रतियोगिता सुरु भएको हो । आयोजकले यो सनिवार पहिलो अडिसन समेत सम्पन्न गरेको छ । पहिलो अडिसनमा इटहरी लगायत आसपासका बालबालिकाहरुको सहभागी रहेको थियो । आयोजक संस्था मध्येका एक ओपन स्पेस प्रालीका निर्देशक सरोज श्रेष्ठका अनुसार पहिलो अडिसनमा ८० जना बालबालिकाहरुको उत्साहजनक सहभागीता रहेको थियो ।

उनका अनुसार अडिसन दिएका ८० मध्येबाट ५० जनालाई निर्णायकको अंकको आधारमा छनौट गरिएको छ । बालबालिकाको सर्वाङ्गिण विकासलाई ध्यानमा राखेर यो प्रतियोगिता सञ्चालन गरिएको हो । पहिलो अडिसनमा निर्णायकिय भुमिकामा ‘मिस एसईई इटहरी २०२४’ कि बिजेता अंशु पौडेल, ग्लोबल ड्रीम्स म्यानेजमेन्टका सिईओ स्मित कार्की, ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’कि इभेन्ट म्यानेजर सजिना श्रेष्ठ र डान्स कोरियोग्राफर डेभिड धिमाल रहेका थिए । अडिसन गोर्खा होटलको सभाहलमा भएको थियो । अडिसनको अघि आयोजकले अभिभावकहरुलाई ओरेन्टेसन समेत गराएको थियो ।

आयोजक संस्था ग्लोबल ड्रीम्सका निर्देशक स्मित कार्कीका अनुसार पहिलो अडिसनमा कार्य व्यस्तताका कारण सहभागी हुन नसकेका अभिभावकहरुले पुन: अर्को अडिसनको लागी आग्रह गरिहेका कारण चाँडै दोश्रो तथा अन्तिम अडिसन गरिने बताए । कार्की मिस नेपालका कोशी प्रदेश इन्चार्ज समेत हुन् । यसअघि यी २ आयोजक संस्थाले थुप्रै सौन्दर्य र सांगीतिक कार्यक्रमहरु आयोजना गरिसकेका छन् ।

अडिसनमा ८ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाहरुले सहभागी जनाएका थिए । अब दोश्रो अडिसन पश्चात् प्रतियोगितामा सहभागी बालबालिकाहरुका लागि आयोजकले २५ दिने तालिमको व्यवस्था गरेको छ । यस तालिममा व्यक्तित्व विकास, बोल्ने शैली, प्रश्नोत्तर क्षमतामा वृद्धि, योगा लगायतका विभिन्न महत्वपूर्ण विषयहरुमा प्रशिक्षण दिइनेछ । त्यस्तै सहभागीहरुको पोर्टफोलियो फोटो तथा भिडियोसुट समेत गतिनेछ । तालिमपछि ग्राण्ड फिनालेमार्फत बिजेताको चयन गरिनेछ भने बिजेताले ३० हजार नगद सहित विभिन्न आकर्षक पुरस्कारहरु जित्नेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।