बेलायतमा रहेका नेपाली बालबालिकाहरूका लागि ‘प्रतिभा नक्षत्र २०२४’ को पाँचौं संस्करण भदौ १० गते हुँदै

काठमाडौँ । बेलायतमा रहेका नेपाली बालबालिकाहरूका लागि प्रतिभा प्रस्फुटन तथा नेपाली संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्ने लक्ष्यसहित स्थापित कार्यक्रम ‘प्रतिभा नक्षत्र’को पाँचौं संस्करण यही भदौ १० गते आयोजना हुने भएको छ ।

‘प्रतिभा नक्षत्र २०२४’ को कार्यक्रम यही अगष्ट २६ अर्थात भदौ १० गते सोमबार बेलायतको लण्डनस्थित वुल्विचको सेन्ट गर्ज्स ग्यारिसन हलमा कार्यक्रम हुन लागेको हो । कार्यक्रम सञ्चालन स्थानीय समयानुसार बिहान १० देखि राति ८ बजेसम्म हुनेछ ।

कार्यक्रममा विश्वका जुनसुकै देशबाट पनि नेपाली बालबालिकाहरूले सहभागिता जनाउनसक्ने व्यवस्था गरिएको छ । नेपाली कला, संस्कृति र विविधताको मौलिक पहिचान र प्रतिभा प्रस्तुति रहने कार्यक्रममा सहभागी हुन इच्छुक प्रतियोगीले अनलाईनमार्फत् पनि आवेदन दिनसक्ने व्यवस्था मिलाईको छ ।

कार्यक्रम बेलायतमा बसोबास गर्दैआएका नेपाली बालबालिकाका लागि मात्र नभएर विश्वभरि रहेका नेपालीभाषा, कला र संस्कृतिलाई माया गर्ने बालबालिकालाई नेपाली भाषा, कला र संस्कृतिको जानकारी दिने तथा प्रतिभा प्रर्दशन गर्ने उद्देश्यले राखिएको आयोजनाका परिकल्पनाकार राजेन्द्र खसले बताए ।  

‘कार्यक्रममा सहभागी हुन बेलायतमै बसेको हुनपर्ने मान्यता छैन,’ उनले भने, ‘विश्वभरि जहाँबाट भएपनि नेपालीभाषा, कला र संस्कृतिलाई माया गर्ने जो कोही बालबालिकाहरूले आफ्नो प्रतिभासहित सहभागी जनाई प्रतिष्पर्धा गर्न सक्नेछन् ।’

यसअघिका विभिन्न चारवटा संस्करणमार्फत् प्रतिभा नक्षत्र कार्यक्रमले परदेशमा रहेका बालबालिकाहरूले नेपाली भाषा, संस्कृति, संस्कार र मौलिकताप्रति आप्नोपनको अनुभव गराउन महत्वपूर्ण योगदान दिन सफल रहेको आयोजकको दाबी छ ।  

कार्यक्रममा नेपाली गीत, सङ्गीत, नृत्य, कला, साहित्य, चित्रकलालगायतका जुनसुकै विधामा पनि बालबालिकाले प्रतिभा देखाउन सक्नेछन् । यसको अलावा बालबालिकाका अभिभावक र युवाहरूलाई पनि नेपाली भाषा, कला र संस्कृतिसँग परिचित गराउने खालका विभिन्न प्रस्तुति देखाउनसक्ने व्यवस्था मिलाईएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा नेपाली संस्कृति झल्काउने खालका खानाहरू, नेपाली खेलहरू, नेपाली घरहरू, थारु संस्कृति झल्काउने घर, मादल, डोको, डालो, ढिकी, जाँतो, नेवारी परिकार, खस, गुरुङ, मगर समुदायको मौलिकता झल्काउने स्टलहरू, लाखेनाच, कुमारीनाच, पञ्चेबाजालगातयतका नेपाली मौलिकता र परम्परा झल्काउने विविध सांस्कृतिक प्रस्तुतिहरूसँगै कला, साहित्य पनि कार्यक्रममा प्रमुख आकर्षण रहनेछन् ।

प्रतिभा नक्षत्रमा बाल तथा युवागरी दुई छुट्टाछुट्टै समूहमा प्रतिष्पर्धा हुनेछ । बाल नक्षत्रमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः चार सय, तीन सय र दुई सय पाउण्ड राशिको पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी युथ नक्षत्रतर्फ पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः छ सय पाउण्ड, पाँच सय पाउण्ड र चार सय पाउण्ड प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

बालसमूहतर्फ ६ वर्षदेखि ११ वर्षसम्म उमेरका बालबालिका र युथअन्तर्गत ११ देखि १९ वर्ष उमेका युवाले जुनसुकै देशबाट पनि भाग लिन सक्नेछन । पाँच वर्षदेखि नियमित हुँदै आएको प्रतिभा नक्षत्र कार्यक्रममा यस वर्ष भने अष्टिया, पोर्चुगल, बेल्जियम, जापान, अमेरिका लगायतबाट पनि अनलाइनमार्फत् आवेदनप्राप्त भएका छन् । कार्यक्रममा सहभागी हुन चाहने नेपाली समुदायका बालबालिकाले प्रतिभा नक्षत्रको वेभसाइट तथा फेसबुक पेजमा गएर आवेदन दिनसक्ने गरी व्यवस्था मिलाईएको छ ।

कार्यक्रमले आपसी सद्भाव, समन्वय साथै नेपाली भाषा र संस्कृतिको जर्गेनासँगै विश्वमाझ नेपाली मौलिकताको पहिचान प्रर्वद्धन गर्ने मुख्य उद्देश्य राखेको छ । यस वर्षको प्रतिभा नक्षत्र कार्यक्रममा आइएनएएस यूके, बुद्ध फाउण्डेशन यूके, जामघाट परिवार, एनआरएनए यूकेलगायतका संस्थाहरू र नेपाली सञ्चारमाध्यमको पनि उल्लेख्य सहभागिता रहनेछ । कार्यक्रममा ७ वर्षमुनिका बालबालिका र ७० वर्षमाथिका जेष्ठ नागरिकहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । कार्यक्रमलाई गैह्र आवासीय नेपाली सङ्घ (एनआरएनए)ले सहयोग गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।