आमा-बुबा गुमाएका सांगुरीगढीका अनुजलाई छात्रबृति हस्तान्तरण

धनकुटा । कक्षा १२ मा अध्ययन गर्दै आएका दुवै आमा बुबा गुमाएका धनकुटा सागुरीगढी वडा नं. १० का अनुज राईलाई विद्यार्थी परियोजना नेपालबाट प्रदान गरिदै आएको छात्रवृति नेपाली कांग्रेस धनकुटाको समन्वयमा हस्तान्तरण गरेको छ ।

नेपाली कांग्रेस धनकुटा जिल्लाका सचिव विजय सन्तोषी राई,सागुरीगढी गाउपालिकाका अध्यक्ष एवं नेपाली कांग्रेसका क्षेत्रिय सभापति जितेन्द्र राई,महाधिवेशन प्रतिनिधि यूवा नेता हर्कमान चेम्जोग,नेपाली कांग्रेस सागुरीगढीका सभापति नेपाल धन राई,उपभासपति मणिराज राई,सहसचिव मनिन्द्र राई, वडा नं. १ का सभापति भूपेन राई,तरुण डिफेन्स फोर्स सागुरीगढीका अध्यक्ष दिपिन लिम्बुले विद्यार्थी परियोजनाबाट प्राप्त रु १५ हजार रुपैयकाको छात्र बृति विद्याार्थी अनुज राईलाई संयुक्त रुपमा प्रदान गर्नु भयो ।

धनकुटा जिल्ला सागुरीगढी गाउपालिका वडा नं. १० का सभापति राजु राईको अध्यक्षतमा उक्त छात्र बृति हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो । अनुजका फुपु संगिता राईको रोहवरमा उक्त छात्रवृति रकम हस्तान्तरण गरिएको हो ।

नेपाली कांग्रेस सागुरीगढी गाउपालिका वडा नं. १० का तत्कालिन सभापति झगेन्द्र राईको तिन बर्ष अघि शंस्कापद ढंगले निधन भएको र सोही घट्नाको खवर सुन्नसाथ उहाकी श्रीमती अनु राईको समेत निधन भएको थियो ।

दुवै अभिभावक गुमाएपछि अनुज लाई अध्ययन गर्न समस्या भए पछी नेपाली कांग्रेस धनकुटाको समन्वयमा महासमिति सदस्य उदय वहादुर लिम्बुको पहलमा विद्यार्थी परियोजना नेपालले अनुज राईलाई छात्र बृति प्रदान गर्दै आईरहेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।