धनकुटामा २९ परिवारले निकाले गाइजात्रा (भिडियो सहित)

धनकुटा । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने नेवारी समुदायको परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ धनकुटामा पनी मनाइएको छ ।

एक वर्ष्भित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी बजार परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाइको पुच्छर समाएर बैतरणी पार हुन्छन भन्ने धार्मिक विश्वास छ । धनकुटाका नेवारी समुदायले पनि एक वर्ष्भित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाइ र मानिसलाई गाईका रूपमा सिँगारी धनकुटा बजार परिक्रमा गराएका हुन ।

धनकुटामा यो बर्ष २९ परिवारले गाइजात्रा निकालेका हुन् । जाइजात्रामा सहभागी हुन तथा गाइजात्रा हेर्न धनकुटा बजारमा हजारौ सहभागी भएका छन् । गाईजात्रामा लाखे नाच, लाठी नाच लगायत प्रर्दशन गरिएको छ । धनकुटाको श्रीवानीमा भेला भइ सुरु भएको गाइजात्रा मदनचोक, चुवाको बोट, भीम नारायण चोक, माथिल्लो कोप्चे, तल्लो कोप्चे हुँदै टुँडिखेलमा आएर समापन भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।