धनकुटामा रोपाइ जात्राको यस्तो रौनाक(भिडियो सहित)
धनकुटा । धनकुटामा धुमधामको साथ हिले जात्रा (रोपाई जात्रा) मनाइएको छ । नेवार जातिले मनाउने गरेको गाईजात्राको भोलीपल्ट मनाईने हिले जात्रा (रोपाई जात्रा) मनाईएको हो ।
नेवारी परम्परा अनुसार यो जात्रा रोपाई सकिएको खुशीयालीमा मनाउने गरिएको परम्परा रहेको छ । असार र साउन रोपाइँ गरेर अब त बाँचियो भनेर मनोरञ्जनका लागि कृतिम रोपाइँ मनाउने चलन रहेको नेवा दे दबु धनकुटा नगर अध्यक्ष रोशन श्रेष्ठले बताउनु भयो । नेवारी समाजको कला संस्कृति जगर्ने गर्नका लागि पनि यस्ता खाले कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ छ ।
रोपाइँ जात्रामा हातमा बीउ लिएका रोपार र कोदाली बोकेर लाठे रोपाइँ जात्रामा टोलटोल वाट निस्केका थिए । त्यस्तै बिभिन्न स्बरुपमा स्थानियले नगरपरिक्रममा गरेका थिए । यो जात्रामा पुरुष महिलाको भेषमा र महिला पुरुषको भेषमा सजिएर रोपाई गरेको अभिनय वाजागाजाको साथमा नाँच्दै मनाउने परम्परा रहेको छ ।
जात्रा कहिलेदेखि मनाउने थालियो भन्ने यकिन नभए पनि रोपाई जात्राको प्रशंग स्थानीय नेवार जातिको खेतीकर्म र पौराणिक कालको देव–दैत्यबीचको द्वन्द्वसँग जोडिएको बताइन्छ । खासगरी महादेव र देवासुरबीच महासंग्राम भएको र अन्त्यमा देवासुरले भाद्र कृष्ण द्वितीयका दिन घुँडा टेकेकाले सोही दिनलाई आधार मानी जात्रा मनाउन सुरु गरिएको भन्ने मान्यता छ ।


