धनकुटा सांगुरीगढीका नर्बिकलाई कुटपिट गरि हत्या गरेको आरोपमा १ जना पक्राउ

धनकुटा, भदौ ७ । धनकुटाको सागुरीगढी गाउँपालिका- ५ का ५१ बर्षीय नर्बिक बिश्वकर्मालाई कुटपिट गरि हत्या गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटाको चौबीसे गाउँपालिका- ६ का ५० बर्षीय कमल बिश्वकर्मा रहेका छन् ।

साउन ३० गते मादक पदार्थ सेवन गरी कमल बिश्वकर्माले सामान्य बादबिवादको क्रममा कुटपिट गर्दा घाईते भएका नर्बिक बिश्वकर्माको उपचारको क्रममा धरानको धोपा क्याम्पमा हिजो साँझ मृत्यु भएको हो ।

हत्यामा संलग्न कमल बिश्वकर्मालाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।