धनकुटामा पिकअप दुर्घटना हुंदा एक जनाको मृत्यु,तीन घाइते
धमकुटा । धनकुटाको साँगुरीगढी ६ मुक्तेनमा गए राति पिकअप गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मुक्तेनबाट नाम्जे जादै गरेको को.२ च.११०५ नम्बरको पिकअप गाडी दुर्घट्ना हुँदा साँगुरीगढी ६ का ३४ वर्षिय निरवहादुर मगरको मृत्यु भएको छ । राति ९ः१५ बजेको समयमा दुर्घट्ना भएको हो पिकअप गाडी झण्डै सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
पिकअपमा सवार ३४ वर्षीय राजकुमार मगर, ३९ वर्षीया मिना मगर र उनकी ६ वर्षीया छोरी श्रेया मगर घाइते भएका छन् । घाइतेहरुको उपचार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।
गाडीका चालक उदयपुरगढी गाउँपालिकाका ७ का २४ वर्षिय अमिर मगरलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिइएको छ ।


