धनकुटामा १ हजार ८३ किलो गाँजा नष्ट
धनकुटा,९ भदौ । जिल्ला प्रहरी कार्यलय धनकुटाले विभिन्न समयमा धनकुटा जिल्लाका विभिन्न स्थान बाट बरामद गरेको गाँजा नष्ट गरेको छ ।
वि.स २०८१ जेठ देखि हाल सम्म जिल्लाका विभिन्न स्थान बाट बरामद गरेको १ हजार ८३ किलो गाँजा धनकुटा नगरपालिका ९ मुलघाटमाको तमोर नदि किनारमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरिक्षक अनिल कुमार शाहले जानकारी दिए ।




