धनकुटाको हिलेमा राधा कृ्ष्णको नयाँ मूर्तिको प्राणप्रतिष्ठा समुद्घाटन

धनकुटा । आज श्री कृष्ण जन्माष्टमी विभिन्न कार्यक्रम गरि मनाईदै छ । यहि अवसरमा श्री रत्न षडेश्वर मन्दिर धनकुटा १ हिले मन्दिर परिसरमा भगवान श्री राधा कृष्णको नयाँ मूर्तिको प्राणप्रतिष्ठा उद्घाटन, सन्ध्या कालिन आरतीको वार्षकाेत्सव एवं भजन किर्तनका कार्यक्रमहरु भईरहेका छन् ।

मन्दिर व्यवस्थापन समितीको आयाेजनामा सञ्चालित कार्यक्रमकाे बीच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ,धनकुटा नगरपालिका वडा नं १ का वडाध्यक्ष वाङ्दा तामाङ,बजार व्यवस्थापन समिती अध्यक्ष लालचन गाेङवा लगायतले भगवान श्री राधा कृ्ष्णकाे नयाँ मूर्तिकाे प्राणप्रतिष्ठा समुद्घाटन गरेका छन् ।

भगवान श्री राधा कृष्णको मूर्ति यहाँका सरस्वती प्रधानले प्रदान गर्नुभएकाे मन्दिर व्यवस्थापन समितीले जनाएको छ । अहिले मन्दिर परिसरमा भक्तजनहरुले भजन किर्तन गरिरहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।