क्यानको केन्द्रीय कार्यसमितिको बैठकले के के निर्णय गर्यो ?

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा ८ फ्रेन्चाइजले प्रतिस्पर्धा गर्ने निर्णय गरको छ ।

क्यानको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने भनिएको एनपीएलमा सहभागी टोली बारे निर्णय गरेको हो ।  क्यानले १० दिनअघि एनपीएल आयोजना मिति र लोगो सार्वजनिक गरे पनि सहभागी टोलीको संख्या बारे जानकारी दिएको थिएन । क्यानले आव्हान गरेको फ्रेन्चाईजी आवेदनमा १६ जनाले आवेदन दिएको र केहि दिनमा नै क्यानले फ्रेन्चाइजी टिमको टुंगो लगाउने तयारी गरेको छ । 

क्यानको बैठकले अमेरिका र वेस्ट इन्डिजमा भएको आईसीसी टी- २० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश खेलाडीलाई उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै मुख्य प्रशिक्षक मोन्टी देशाईसहितलाई जनही ३ लाख र प्रशिक्षण टिमका अन्य सदस्यलाई जनही १ लाख ५० हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।

त्यस्तै क्यानले सातवटै प्रदेश क्रिकेट संघहरूलाई २ महिला र ३ पुरुष गरी प्रति प्रदेश ५ खेलाडीलाई सेप्टेम्बर १ देखि लागू हुने गरी वार्षिक जनही १५ हजारको दरले पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ । त्यसका लागि प्रदेशले नै खेलाडीसँग सम्झौता गरी केन्द्रबाट पारिश्रमिक निकासा लिनेछ । ७ प्रदेशका कुल ३५ खेलाडी यस सम्झौतामा पर्नेछन् ।

त्यसैगरी क्यानले नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान लेखबहादुर क्षेत्रीको संयोजकत्वमा राष्ट्रिय छनोट समिति गठन गरेको छ । छनोट समितिका लागि क्यानले आवेदन मागेको थियो । क्यानले समितिका अन्य दुई सदस्यमा युनिल श्रेष्ठ र मुर्तुजा हवारीलाई चयन गरेको छ ।

त्यस्तै यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सेप्टेम्बर–अक्टोबरमा कोशी प्रदेशमा गर्ने निर्णय गरेको छ । नेपालले अप्रिल १२ देखि २१ सम्म आईसीसी यू–१९ पुरुष विश्वकप क्रिकेट छनोट आयोजना गर्दै छ । नेपालसहित अफगानिस्तान, हङकङ, यूएई र ओमानले प्रतिस्पर्धा गर्नेछन् । त्यसका लागि घरेलु प्रतियोगिता नेपालको छनोट आधार हुनेछ ।

त्यस्तै, आईसीसी यू–१९ महिला विश्वकप एसिया छनोटको तयारीस्वरूप सेप्टेम्बर १५ बाट दाङको लमहीमा प्रथम चरणको बन्द प्रशिक्षण सञ्चालन गरिने क्यानले निर्णय गरेको छ । 

क्यानको वार्षिक कार्यक्रमअनुसार सञ्चालन गर्ने एलिट कप क्रिकेट प्रतियोगिता अक्टोबरको अन्तिम सातादेखि मधेश प्रदेशको जनकपुर र वीरगन्जमा आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै क्यानले आफ्नो वार्षिक साधारणसभा असोज ११ र १२ गते गण्डकी प्रदेशको पोखरामा आयोजना गर्ने भएको छ ।

त्यसैगरी क्यानले स्पट फिक्सिङका आरोपमा निलम्बित आदिल आलमको विषयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निर्देशनअनुसार निर्णय गर्ने जनाएको छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।