धनकुटाको सहिदभूमि गाउँपालिकामा स्थानीय पाठ्यक्रम “सहिदभूमि गाथा” सार्वजनिक

धनकुटा । सहिदभूमि गाउँपालिका धनकुटाले स्थानीय पाठ्यक्रम “सहिदभूमि गाथा” सार्वजनिक गरेको छ । सहिदभूमि गाउँपालिकाको शिक्षा शाखाले शुक्रनार एक कार्यक्रमको आयोजना गरि “सहिदभूमि गाथा” स्थानीय पाठ्यक्रम कक्षा (१-८) लोकारेपण गरेको हो ।

गाउँपालिका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पालिका अध्यक्ष राई , प्रमुख प्रशासकीय अधिकृत नवीन कार्की , सामाजिक विकास समिति संयोजक वडा नं ६ का वडा अध्यक्ष हेमकुमार राई लगायतले सहिदभूमि गाथा स्थानीय पाठ्यक्रमको लोकार्पण गर्दै सार्वजनिक गर्नु भएको थियो ।

यो संगै स्थानीय पाठ्यक्रम सहिदभूमि गाथा कक्षा १ देखि ८ सम्म लागू भएको शिक्षा शाखा प्रमुख मनोज पौडेलले जानकारी दिनु भयो साथै सोही कार्यक्रमको अवसरमा सेवा निवृत्त हुनुभएको शिक्षकलाई खदा ,अविर र करुवा प्रदान गरेर सम्मान गरिएको थियो ।

सम्मानित शिक्षकहरुमा मदन बहादुर राई श्री आदार्श मावि सहिदभूमि १ , शमशेरमान राई श्री पञ्चकन्या मावि सहिदभूमि ४ , छत्र राई जीवन सुधालय मावि सहिदभूमि ४ , प्रकाश राई श्री अनिवार्य निशुल्क आवि टाकुरे सहिदभूमि २ , सुबदेब राई प्रावि श्री ठाकुर देवी मावि सहिदभूमि ६ रहेकाछन् ।

यस्तै गरि सहिदभूमि गाउँपालिकाको प्रधानाध्यापकहरु बिच बसेको बैठकले एसईई र कक्षा १२ को नतिजा विश्लेषण , एस ए एस कार्यन्वयन , ई- हाजिरी लगायत विषयमा छलफल भएको थियो । कार्यक्रममा विद्यालयका प्रतिनिधि , शिक्षकहरुको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।