झोराहाटमा गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ नाटक

विराटनगर । मोरङको झोराहाटस्थित झोराहाट नाट्य समूहको भवनमा मञ्चन भइरहेको कथाकार गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ नाटक हेर्न दर्शकको भीड लागेको छ ।

साहित्यकार तथा कलाकार भरत गुरागाईं ‘बर्बरिक’ले निर्देशन गरेको नाटकको ५१ औं शो शनिबार मञ्चन गरिएको छ । झापाको गौरादहमा समेत ३० शो मञ्चन भइसकेको सो नाटक झोराहाटमा भने २१ शो मञ्चन भएको नाट्य समूहका अध्यक्षसमेत रहेका निर्देशक गुरागाईंले जानकारी दिए । भदौ १ देखि १० गतेसम्म मञ्चन गर्ने योजना भए पनि दर्शकको बढ्दो उपस्थितिले अब कहिलेसम्म मञ्चन हुन्छ भन्ने टुंगो नभएको उनको भनाइ थियो । सो नाटकमा शनिबार मञ्चन भएको नाटक हेर्न दमक, उर्लाबारी, इटहरी, विराटचोक, इनरुवा, धरान, विराटनगरलगायतका स्थानबाट बाक्लो संख्यामा दर्शकको उपस्थिति रहेको थियो ।

नाटकमा सुदीपजंग कार्की, निशा ढुंगेल, दीपक निरौला, प्रज्ज्वल भट्टराई, सन्तोष बन्बो तामाङ, लीला खत्री, अभिसा तामाङ, शिखा लिम्बू, देवानन्द राजवंशी, निर्मला गुरागाईं, सुशीला दंगाल, प्रदीप परियार र लक्ष्मी सिग्देलले अभिनय गरेका छन् ।

कक्षा १० को नेपाली पाठ्य पुस्तकमा राखिएको सो नाटक हेर्न विद्यार्थीको संख्या हरेक दिन बढ्दै गएको गुरागाईंले जानकारी दिए । विभिन्न विद्यालयहरुले अग्रिम शो बुकिङ गरेर विद्यार्थीलाई नाट्क हेराइरहेको उनको भनाइ थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।