साँगुरीगढी गाउँपालिकाद्वारा गत आर्थिक बर्षमा संचालित योजनाको समिक्षा
धनकुटा,१९ भदौ । धनकुटाको साँगुरीगढी गाउँपालिकाले गत आर्थिक बर्ष २०८०÷०८१ मा संचालित बजेट तथा संचालित योजना कार्यान्वयको अवस्था र उपलब्धी सार्वजनिक गर्दै आगामी बर्ष बजेट कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ ।
गाउँपालिकाले एक कार्यक्रमका बिच गत आर्थिक बर्षमा संचालित योजनाको समिक्षाका गरेको हो । कार्यक्रमका सहभागिहरुले कृषि उत्पादनको बजारी करण भण्डारण र निर्यातमा पटकपटक आउने समस्याको दिर्घकालिन समाधान खोजी गर्न तथा प्रदेशकै मुख्य पर्यटकिय क्षेत्रको रुपमा रहेको पालिकामा अझै व्यावस्थीत पूर्वाधारको विकास गराउन आग्रह गरेका थिए ।
राजश्व, योजना संझौता, योजना सम्पन्न लगायतका बिषयमा आफुले पटक पटक सम्बन्धीत निकाय र सरोकारवाला संग समन्वय गरी रहेको र आगामी दिनमा समेत राजश्व वृद्धि गर्न सकिने क्षेत्रको पहिचान त्यस्ता स्थानको व्यावस्थापन तथा योजना संझौता समयमा गर्ने काम समयमा गर्ने र भुक्तानी प्रणलीलाई समेत व्यावस्थापन गर्नका लगी पालिकाले काम गरि रहेको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताउनु भयो ।
उहाँले पालिकाको तर्फ बाट गर्ने काम पालिकाले गरि रहेको र पालिका भन्दा माथी माथिल्लो निकायले गर्ने कामका लागी समेत समन्वय लगायतका काम गरि रहेको र आगामी दिनमा समेत त्यस लाई निरन्तर दिन आफूले काम गर्ने गाउँपालिका अध्यक्ष राइको भनाइ थियो ।


