जालपादेवी क्याम्पसमा आज शोक बिदा
धनकुटा । धनकुटाको पाख्रीबासमा रहेको जालपादेवी क्याम्पसले आज शोक बिदा दिएको छ ।
जिल्लाको पाख्रीबास नगरपालिका ४ निवासी उक्त क्याम्पसमा अध्ययनरत त्रि.वि. दर्ता नं. ९-२-७७३-०४-२०२१ रहेर अध्ययनरत बिद्यार्थी अनिशा कार्कीको गत भदौ १८ गते निधन भएकोमा आज शोक बिदा दिइएको क्याम्पसद्वारा जारी सुचनामा उल्लेख छ ।
कार्कीको दुबै मृगौला फेल भएपछि उपचाररत थिइन् ।



