धनकुटामा यसरी मनाइयो मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस
धनकुटा,२० भदौ । धनकुटामा समेत मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवश विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
तीनै तहका सरकारको प्रतिबद्धता मानव बेचबिखन बिरुद्ध सबैको ऐक्यवद्धता भन्ने नाराका साथ आज १८ औ मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवश धनकुटा सदरमुकाम बेचबिखन तथा ओसारपसार विरुद्ध जिल्ला समिती धनकुटा सहित पालिका र अन्य निकायहरुले विभिन्न कार्यक्रमको आयोजना गरेर दिवश मनाएका छन् ।
कार्यक्रममा सहभागिहरुले पछिल्लो समय मानव बेचबिखनका घटना बढ्दै गएको तर्फ चिन्ता व्यक्त गरेका थिए । उनिहरुले अहिले अबैद्धरुपमा मानिसहरु लाई रोजगारीका लागी विभिन्न मुलक पु¥याउने र अलपत्र पार्ने क्रम बढेको भन्दै त्यसले समेत मानव बेचबिखनको डरलाग्दो रुप देखिएको बताए ।
मानव बेचबिखन विरुद्ध सबैले हातेमालो गर्नु पर्ने उनिहरुको भनाई थियो ।


