पाख्रीबासमा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न ,पूर्वमन्त्री तथा सांसद राईले गरे उद्घाटन

धनकुटा । धनकुटाको पाख्रीबासमा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । पाख्रीबास नगरपालिकाको ३ मा स्थित सामुदायिक भवनमा कार्यक्रमको आयोजना गरिएको थियो ।

महिलाहरुको महान पर्व तीजको अवसरमा पाख्रीबास नगरपालिका वडा नं ३ ले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा सहभागीहरुले तीज पर्वको सांस्कृतिक र धार्मिक महत्व साथै महिला सशक्तीकरणको महत्वको बारेमा चर्चा गरेका थिए । यसै अवसरमा सहभागीहरुले तीजको परम्परागत संस्कृति जोगाइ राख्नुपर्नेमा पनि जोड दिएका थिए।

कार्यक्रममा पूर्वमन्त्री तथा सांसद राजेन्द्र कुमार राई,नेपाल कम्युनिष्ट पार्टी(एमाले) का जिल्ला अध्यक्ष शिव आंग्ला ,पाख्रीबास नगरपालिकाका उपप्रमुख नम्रता गौतम,वडा अध्यक्ष सरोज राई लगायतका नेता,कार्यकर्ता र वडाबासी महिला दिदी-बहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सांसद राईले उद्घाटन गर्नु भएको कार्यक्रममा स्वागत,शुभकामना मन्तब्य पछि नाचगान र दर खाने कार्यक्रम राखिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।