गाेकुण्डेश्वर क्याम्पसकाे तेस्रो सभा सम्पन्न

धनकुटा । गाेकुण्डेश्वर क्याम्पस धनकुटा ५ ले क्याम्पसको तेस्रो क्याम्पस सभा सम्पन्न गरेको छ। सभाको अवसरमा क्याम्पसलाई योगदान पुर्‍याउनु हुने पूर्व क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर श्रेष्ठ पूर्व क्याम्पस प्रमुख दिनेश अधिकारीलाई सम्मान गरेको छ।

क्याम्पसले आयोजना गरेको तेस्रो क्याम्पस सभामा बोल्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले क्याम्पसले गरेको प्रगतिप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा क्याम्पसको शैक्षिक उन्नयनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमका विशेष अतिथि राजेन्द्र बहादुर प्रधानले सकारात्मक सोचका साथ सबै लागि परे क्याम्पसको शैक्षिक तथा भौतिक विकासमा समय नलाग्ने बताउनुभयो ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र खड्काको अध्यक्षतामा सम्पन्न सभामा चन्दादाता तथा विभिन्न सराेकारवाला संघसंस्थाका प्रतिनिधिहरूले क्याम्पसको शैक्षिक उन्नयनका लागि आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको क्याम्पस प्रमुख जेपी भुजेलले जानकारी दिनुभयो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।