पर्यटकको मन लोभ्याउंदै पूर्वको पर्यटकिय नगरी धनकुटाको हिले आसपासका यी सुन्दर डाँडाकाँडा (भिडियो सहित)
धनकुटा । पूर्वको पर्यटकिय नगरी धनकुटाको हिले आसपास सुन्दर डाँडाकाँडा रहेका छन् । हिले नजिकै रहेको त्रिसुले, नागढुङ्गा, गुराँसेले जोकोहीको मन लोभ्याउछ । पछिल्लो समय यो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको नजर पर्न थालेको छ ।
हिले बास बस्ने पर्यटक बिहानको मनोरम दृष्य अबलोकनको लागि यो क्षेत्रमा पुग्ने गरेको होटल एसोसिएसन धनकुटाका अध्यक्ष खगेन्द्र बिष्ट बताउनु हुन्छ । हिलेवाट गुराँसे ६ किलो मिटरको दुरीमा रहेको छ । यो बिचमा पर्मे त्रिशुलेबाट हिले बजार सहित धनकुटा बजार दक्षिज्ञ तर्फको महाभापत पर्बत श्रृखला देखिन्छ । त्यस्तै सप्तकोशी नदीको मनोरम दृष्य समेत देखिन्छ ।
त्यस्तै करीब २०५० मिटरको उचाईमा रहेको नागढुङ्गावाट सुर्योदयको मनोरम दृष्य, उत्तर तर्फका मकालु, गणेश हिमाल सहित बिभिन्न पहाडको मनमोहक दृष्य देखिन्छ । नजिकै रहेको गुराँसेको चिया बगानले इलामको झल्को दिन्छ । त्यस्तै एकै स्थानवाट अरुण तमोर तथा सप्तकोशी नदी देखिनु यहाँको अर्को बिशेषता रहेको कृषि तथा पर्यटन अभियान्त जिवन राई बताउनु हुन्छ । यो क्षेत्र तरकारी उत्पादन समेत राम्रो हुने भएकोले कृषि र पर्यटन जोड्न सकिने उहाँको भनाई छ ।
हिले सिधुवा सडक खण्डको आसपास रहेका यी क्षेत्रमा यो मौसममा केहि पर्यटक दृष्याबलोकनको लागि पुग्ने गरेका छन् । यी क्षेत्रको थप प्रचारप्रसार गर्न सके प्रसस्त पर्यटक भित्राउन सकिने स्थानिय ईन्द्र सारु मगर बताउनु हुन्छ ।


