राखेप निर्देशक चयनमा विवाद: उपनिर्देशक संगीना वैद्यको राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपनिर्देशक संगीना वैद्यले आफ्नो पदबाट राजीनामा दिएकी छन् । निर्देशक चयन प्रकृया अपारदर्शी र परम्पराविपरीत भएको भन्दै वैद्यले राजीनामा दिएकी हुन् । 

राखेपका तत्कालीन निर्देशक प्रचण्ड शर्माको भदौ १९ गते अवकाश भएछि उपनिर्देशकबाट निर्देशकमा बढुवा गर्ने परम्परा रहेको थियो । अहिले संगीनासँगै ओलम्पियन विष्णुबहादुर सिंह उपनिर्देशक रहेका छन् । तर राखेपका सदस्य सचिव टंकलाल घिसिङले कराते प्रशिक्षक सोभितराज प्रसाईलाई सो जिम्मेवारी दिएपछि वैद्य असन्तुष्ट बनेकी हुन्  । 

ओलम्पिकमा छनोट हुने नेपालको पहिलो महिला खेलाडी रहेकी संगीना २०५२ भदौ ३० गते राखेप प्रवेश गरेकी हुन् । वैद्यको २०६३ पुष २१ मा र प्रसाईको २०६४ पुष २७ मा बढुवा भएको थियो । वरिष्ठलाई नजर अन्दाज गरेर सदस्य सचिव घिसीङले जिम्मेवारी दिएपछि वैद्यले राजीनामा दिएकी छन् ।    
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।