धनकुटामा बीपी जयन्तीको अवसरमा व्यापक सरसफाई तथा बृक्षारोपण
धनकुटा,२४ भदौ । १११ औ बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस धनकुटा जिल्लाको आयोजनामा र नेपाली कांग्रेस वडा नं. ५ को समन्वयमा धनकुटाको टुडिखेलको प्याराफिटमा सरसफाई र टुडिखेलको पछाडीको क्षेत्रमा बृक्षारोपण काईक्रम आज सम्पन्न भयो ।
धनकुटा टुडिखेलको प्याराफिट सरसफाई तथा बृक्षारोपण कार्यक्रमको शुभारम्भ नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, सहसचिव श्रीराम रायमाझी,महासमिति सदस्यहरु आनन्द सन्तोषी राई,सिता प्रधान,सुमना तिम्सिना, नेपाल टे«ड युनियन कांग्रेसका केन्द्रिय सदस्य बिगेन्द्र याक्खा,नेपाल तरुण दलका केन्द्रिय सदस्य तिलक वहादुर महत,क्षेत्रिय उपसभापति मिलन कुमार खड्गी,धनकुटा नगर सभापति नरेश श्रेष्ठ,वडा सभापति तथा वडाध्यक्ष धन कुमार राई,धनकुटा नगरपालिकाका कार्यपालिका सदस्य महिला नेता कृष्णमाया श्रेष्ठ ले सरसफाई तथा विरुवा रोपेर संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरु अम्विका परियार,रमेश बस्नेत,रविन्द्र नेपाली,परेन्द्रलाल श्रेष्ठ,बलहादुर थापा, मिन वहादुर कार्की,बृद्धिकान्त घिमिरे, रत्न दर्लामी,अम्विका धमला,पूर्व जिल्ला सदस्य दिनेश भण्डारी,नेपाल ट्र्ेड युनियन कांग्रेस धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,नेपाल शिक्षक संघ धनकुटका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बु,पूर्व धनकुटा नगर अध्यक्ष राम वहादुर श्रेष्ठ,नेपाल किसान संघ धनकुटाका अध्यक्ष दिल कुमार राई,नेपाल सास्कृतिक महासंघ धनकुटाका अध्यक्ष केजी सुब्बा,वडा नं. ५ का निर्वाचित वडा सदस्यहरु गोविन्द्र राई,टिका श्रेष्ठ, नेपाल महिला संघ धनकुटका जिल्ला सचिव संगिता चापागाई,सहसचिव जानुका सुन्दास,धनकुटा वहुमुखी क्याम्पसका स्ववियू सचिव सुवास खनाल ,नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पसका अध्यक्ष रञ्जन कार्की,नेपाली कांग्रेस धनकुटा नगरका सहसचिव ज्ञानेन्द्र कार्की, सदस्यहरु मञ्जु आर्चाय,गोविन्द्र निरोैला,भौरव पाचकोटी, ५ नं. वडाका उपसभापति शम्भु प्रधान, सचिव सरिन प्रधान,टोल सभापति दुर्गा भण्डारी ,समाजसेवीहरु पुुुष्पराज श्रेष्ठ,पृथुराम राई,निर्मला श्रेष्ठ,राम योगी,नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष विनोद घिमिरे ,नेपाल पत्रकार महासंघ धनकुटका कार्यवहाक अध्यक्ष विदुर खवास लगायत तरुण तथा विद्यार्थीहरुले व्यापक रुपमा सरसफाई तथा बृक्षारोपण गर्नु भएको थियो ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईको संयोजकत्वमा भएको उक्त सरसफाई तथा बृक्षारोपण कार्यक्रममा धन्यवाद ज्ञापन नेपाली कांग्रेस धनकुटका वडा नं. ५ का सभापति वडाध्यक्ष धन कुमार राई र वडा उपसभापति गोविन्द राईले समन्वय गरी कार्यक्रमको व्यवस्थापन गर्नु भएको थियो ।
धनकुटा टुडिखेलको प्याराफिटको सरफाई गरिएको र टुडिखेलका पछाडी पटीको मञ्चको दायमा बाया र पछाडी पटीको खाली जमिनमा १ सय ४ वटा एभोकाडोको र,आम,कागती,अम्बा,सिरिसको फुल,कल्की फुल लगायत १ सय ३९ वटा विरुवाहरु रोपिएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।
धनकुटामा भएको सरसफाई तथा वृक्षारोपण कार्यक्रमको समापनमा सवै सहभागीहरुले महामानव वीपी कोईराला प्रति श्रद्धाञ्जली अर्पण गर्दै उहालेप्रतिपादन गर्न भएको सिद्धान्त र विचार अहिले झन सान्र्दभिक भएकोले उहाले देखाउनु भएको बाटोबाट हिडेमात्र सफलता प्राप्त गर्ने वताउनु भयो ।


