धनकुटामा यसरी मनाइयो विश्व आत्महत्या रोकथाम दिवस
धनकुटा । धनकुटामा पनि विश्च आत्महत्या रोकथाम दिवस विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
जिल्लाको धनकुटा नगरपालिका वडा नं-६ स्थित परिचयमोड बाट “ विश्व आत्महत्या रोकथाम दिवस” को अवसरमा जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजनामा बजार परिक्रमा गरिएको छ ।
“विश्व आत्महत्या रोकथाम दिवस” को अवसरमा “जिवन अमुल्य छ, यसलाई माया गरौं” भन्ने मुल नारा सहितको प्लेकार्ड, पर्चा वितरण, ब्यानर सहितको प्रभातफेरी तथा जिङगल समेत बजाई धनकुटा बजारको विभिन्न चोक हुँदै नपाको वडा ४ स्थितमा रहेको सामुदायिक भवनको सभाहल पुगी कार्यक्रम गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको प्रमुख अतिथ्यतामा र जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरीको अध्यक्षतामा धनकुटा नगरपालिकाको प्रशासकिय अधिकृत, स.प्र.बल नेपाल गुल्म छिन्ताङ धनकुटाका प्रमुख, नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, महिला संञ्जाल, महिला मानव अधिकार रक्षक संञ्जाल, विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यार्थी, शिक्षक शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।



स्रोत :जिल्ला प्रहरी कार्यालय धनकुटाको फेसबुक


