धनकुटाको हिलेमा एक बेवारिसे बालिका फेला
धनकुटा । धनकुटामा १ बेवारिसे बालिका फेला परेको छ ।
जिल्लाको धनकुटा नगरपालिका वडा नम्बर १ स्थित तोङवा चौकमा तराई बासी जस्तो देखिने तत्काल ठेगाना नखुलेको अन्दाजी वर्ष १३/१४ की आफुलाई भारति देवी बताउने ( स्पष्ट बोल्न नसक्ने ) बालिका बेवारिसे अवस्थामा हिडिरहेको बेला प्रहरी चौकी हिले धनकुटाबाट खटिएको प्रहरी टोलीले आज फेला पारेको हो ।
बालिका बर्ण कालो, छोटो कालो कपाल, रातो हवाई चप्पल, दुबै हातमा प्लाष्टिको चुरा, सेतो कालो धर्सा भएको सुरुवाल र ह्यापी होली लेखिएको सेतो भेष्ट लगाएकी छन् ।
निजलाई प्रहरी चौकी हिले धनकुटामा ल्याई राखेको हुँदा चिन्नु हुने महानुभावले प्रहरी चौकी हिले धनकुटा वा जिल्ला प्रहरी कार्यालय धनकुटामा सम्पर्क गरिदिन हुन जिल्ला प्रहरी कार्यालय धनकुटाले अनिरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटा सम्पर्क नं. :- ९८५२०९०१६७/ ९८५२०६१७५५
प्रहरी चौकी हिले धनकुटा सम्पर्क नं. :- ९८५२०६१२८८


