धनकुटाको सहिदभूमिबाट दुई सय ८७ किलो गांजा सहित एक पक्राउ
धनकुटा । धनकुटाको सहिदभूमिबाट गांजा सहित १ ब्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सहिदभूमि ४ का २५ बर्षिया मेखराज राई रहेका छन् । राईलाई सहिदभूमि गाउंपालिकाको वडा नं ४ खोकुबाट दुई सय ८७ किलोग्राम गांजा सहित पक्राउ गरेको हो ।
राईलाई प्रहरी चौकी आंखिसल्लाको टोलीले पिकअप सहित नियम्त्रणमा लिएको हो ।
पक्राउ परेका राईको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


