पाख्रीबास काव्य श्रृंखलामा निरौला र अनुराग
धनकुटा । धनकुटाको पाख्रीबासमा पाख्रीबास काव्य श्रृङ्खलाको अर्को श्रृंखला हुने भएको छ ।
आगामी असोज ५ गते पाख्रीबास ४ स्थित ह्यांग आउटमा रिसोर्टमा दिनको १२ बजेदेखि कार्यक्रम हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा साहित्यकारद्वय ओम प्रकाश निरौला र अनन्त अनुरागले पाख्रीबासको माटोमा उम्रिएका र पाख्रीबासको हावापानीमा हुर्किएका अर्गानिक गजलहरु सुनाउने छन् ।
साहित्य समाजले निरन्तर यस्ता साहित्य कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।


