‘नेपालको कानुनी ईतिहास र आदिवासी जनजातिहरुको हक, अधिकार सम्बन्धि व्यवस्था´ नामक पुस्तकको परिचर्चा

धनकुटा । अधिवक्ता ठगिन कुमार राईद्वारा लिखित “नेपालकाे कानुनी ईतिहास र आदिवासी जनजातिहरुकाे हक, अधिकार सम्बन्धि व्यवस्था´´ नामक पुस्तककाे परिचर्चा गरिएकाे छ ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फाेनिज) प्रदेश नं १ ले आज धनकुटामा आयाेजना गरेकाे कार्यक्रमकाे वीच पुस्तककाे परिचर्चा गरिएकाे हाे । फाेनिज प्रदेश नं १ का अध्यक्ष सन्तवीर लामाकाे अध्यक्षता तथा जिल्ला समन्वय समिती धनकुटाका प्रमुख निरन तामाङकाे प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा आदिवासी अभियान्ता एवम् प्रमुख वक्ता संजाेक लाफा मगरले पुस्तककाे बारेमा टिप्पणी गर्नु भएकाे थियाे ।

पुस्तककाे टिप्पणी गर्दै उहाँले यसमा नेपालकाे कानुनी ईतिहास र आदिवासी जनजातीहरुकाे हक अधिकारकाे बारेमा निक्कै विस्तृतमा उल्लेख गरिएकाे बताउनु भयाे । यसले कानुनी सचेतना सहित स-शक्तीकरणमा महत्वपूर्ण टेवा पुग्ने उल्लेख गर्नु भयाे ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिती धजकुटाका प्रमुख निरन तामाङले पुस्तक निक्कै महत्वपूर्ण रहेकाे भन्दै यसले नेपालका आदिवासी जनजातीहरुकाे हक अधिकार प्राप्तिमा नया पीढीलाई निक्कै सहयाेग पुग्ने बताउनु भयाे । आदिवासी जनजातीहरुले आफ्नाे ईतिहास भुल्न नहुने धारणा राख्नु भयाे । यदि ईतिहास भुले पहिचान, संस्कार सस्कृती समेत भुल्ने उहाँले बताउनु भयाे । विगतकाे कम्जाेरी बुझ्दै बर्तमानकाे सहि सदुपयाेग गरेर भविश्य उज्वल बनाउन तर्फ लाग्न उहाले सुझाव दिनुभयाे ।

कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पाैडेल,धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई,नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष नवीन किशाेर शाक्य, वुद्विजीवी साेम राना मगर,जेपी भुजेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा किरात राई यायाेक्खा जिल्ला अध्यक्ष उद्ववमणी राई,आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद निवर्तमा अध्यक्ष सञ्जय सन्ताेषी राई सहित विभिन्न जातिय संघ संस्थाका प्रमुख,अधिकारकर्मी,अभियान्ता तथा सञ्चारकर्मीहरुकाे उपस्थिती थियाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।