धनकुटा नगरपालिका वडा नं ६ मा किरात राई यायोक्खाको वडा समिती गठन
धनकुटा । धनकुटा नगरपालिका वडा नं ६ मा किरात राई यायाेक्खा (किरराया) काे वडा समिती गठन गरिएकाे छ ।
चन्द्र कला राईकाे अध्यक्षतामा ९ सदस्यीय वडा समिती गठन गरिएकाे किराया जिल्ला अध्यक्ष उद्ववमणी राईले जानकारी दिनुभयाे । समितीकाे उपाध्यक्षमा जंगा बहादुर राई,सचिवमा मेनुस्का राई,सहसचिवमा सुशान राई र काेषाध्यक्षमा सुमान राई रहेका छन् ।
अन्य सदस्यहरुमा चंखीराम राई,ज्ञानु राई,चेतन राई र सन्ताेष राई रहेका छन् ।
कमल राईकाे संयाेजकत्वमा ५ सदस्यीय सल्लाहकार समिती पनि गठन गरिएकाे छ ।
समिती गठन कार्यक्रममा भुवन साङ्पाङ राई,भक्त बहादुर राई,सूर्य बहादुर राई,शिला राई,सुनिता राई लगायतकाे उपस्थिती थियाे ।


