धनकुटामा चोरीको ४ वटा मोटरसाईकल सहित चोरीमा संलग्न ४ जना पक्राउ

धनकुटा, भदौ ३१ गते । धनकुटाको साँगुरीगढी गाउँपालिका-३ कमुवा खोला स्थितबाट चोरीको चारवटा मोटरसाईकल सहित चोरीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनकुटा साँगुरीगढी-३ का २३ बर्षीय सबिन याख्खा, ३४ बर्षीय सन्त कुमार श्रेष्ठ, २४ बर्षीय अमृत याख्खा र धनकुटा नगरपालिका-४ का १८ बर्षीय आयुस बिश्वकर्मा रहेका छन ।

भाद्र ३० गते सुनसरीको इलाका प्रहरी कार्यालय धरान र प्रहरी चौकी मुलघाट धनकुटाबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मोटरसाईकल चोरीमा संलग्न रहेका उनिहरुलाई बिभिन्न मितिमा चोरी भएको को.२६ प ८३७३, बा.६७ प २४१७ नम्बरको पल्सर मोटरसाईकल र को.२८ प ७४७१, को.१७ प ९७१८ नम्बरको स्कुटर सहित पक्राउ गरेको हो ।

चोरीको मोटरसाईकल र स्कुटर सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖