धनकुटामा करेन्ट लाग्दा एक जना घाइते
धनकुटा,३१ भदौ । थलथले बजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव एवं खानेपानीका संचालनकर्ता गंगाराम राई खानेपानीको पावरहाउसमा काम गर्दै गरेको अवस्थामा करेन्ट लागेर घाइते भएका छन् ।
विद्युतको तारबाट करेन्ट लागि घाइते राईको धरानमा रहेको विजयपुर हस्पिटल उपचार भई रहेको छ ।
खानेपानी समितीका सचिव घाइते भए संगै थलथले बजार खानेपानी तथा सरसफाई उपभोक्ता समिति बाट वितरण भएको पानी समेत अर्को व्यावस्था नभए सम्म बजारमा खानेपानी आपुर्ती बन्द रहने थलथले बजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सदस्य नरेन्द्र राईले जानकारी दिए ।


