बिषादी सेवन गरेका पाख्रिबासका एक पुरुषको मृत्यु
धनकुटा । धनकुटाका १ पुरुषको बिष सेवनबाट मृत्यु भएको छ ।
जिल्लाको पाख्रिबास नगरपालिका ४ का ६० बर्षिया खेम बहादुर भण्डारीले गत आइतबार मेटासिट नामक बिषादी सेवन गरेका थिए ।
आफुले बिषादी सेवन गरेको भण्डारीले परिवारलाई बताएपछि उपचारका लागि बिराट नर्सिंग होम लगिएको थियो ।
उपचारकै क्रममा आज बिहान भण्डारीको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।


