धनकुटामा समेत विविध कार्यक्रमको आयोजना गरि मनाइयो संविधान दिवस
धनकुटा,३ असोज । संविधान दिवसको अवसरमा धनकुटामा समेत विविध कार्यक्रमको आयोजना गरिएको छ ।
धनकुटा सदरमुकामको बस पार्कमा रहेको सहिद स्मारकमा माल्यापर्ण गर्दै प्रभाद फेरी सहित जिल्ला समन्वय समितीको सभाहलमा अन्र्तकृया कार्यक्रमको अयोजना गर्दे संविधान दिवस मनाइएको हो ।
कार्यक्रममा सहभागीहरुले संविधान कार्यन्वयन गर्दे संविधानले प्रदान गरेका मौलिक अधिकारको कार्यन्वयमा सरकारले जोड दिनु पर्ने धारण राखेका थिए ।
नेपाली जनताको सातदशक लामो संघर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको र यसको संरक्षण र पालना गर्नु सबैको दायित्व हुने समेत कार्यक्रमका सहभागिहरुले धारण राखेको थिए ।
सरकारले संविधान दिवसका अवसरमा राष्ट्रिय झण्डा फहराउन र घरघरमा दीपावली गर्न सबैमा आह्वानसमेत गरेको छ ।


