धनकुटाको पाख्रीवासमा नेपाल मगर महिला संघको २७ औं स्थापना दिवस तथा ७ औं राष्ट्रिय सम्मेलन आजदेखि सुरु
धनकुटा । नेपाल मगर महिला संघकाे २७ आै स्थापना दिवस तथा ७ आै राष्ट्रिय सम्मेलन आजदेखी धनकुटाकाे पाख्रीवासमा शुरु भएकाे छ ।
सम्मेलनकाे उद्घाटन् काेशी प्रदेश उपसभामुख सिर्जना दनुवारले गर्नु भएकाे हाे । संघका केन्द्रीय अध्यक्ष हिरुसरा मगरकाे अधध्यक्षतामा सञ्चालित सम्मेलनकाे उद्घाटनसत्रलाई सम्बाेधन गर्दै प्रदेश उपसभामुख दनुवारले मगर समुदायकाे संग्राहलय निर्माणमा जाेड दिनुभएकाे छ ।
संग्राहलयमा समुदायकाे कला, सस्कार, सँस्कृतिमा आधारित वस्तुहरुलाई संग्रह गर्न मद्दत पुग्ने र यसले उल्लेखित कुराहरुकाे संरक्षणमा सघाउ पुग्ने धारणा राख्नु भयाे । उहाँले नेपालमा बहुजाती, बहुभाषी मानिसहरु बसाेबास गर्ने भएकाेले एकअर्काकाे सद्भावलाई कदर गर्दै आफ्नाे अस्तित्व र अधिकारका कुराहरु उठाउन पर्ने बताउनु भयाे । उहाँले महिलाहरु राजनीतिक नेतृत्वमा पुग्न विभिन्न अबराेधहरुकाे सामना गर्दै अघि बढ्नुपर्ने भएकाेले आफू आर्थिक,सामाजि तथा शैक्षिक हिसाबले सक्षम हुनुपर्ने बताउनु भयाे ।
त्यस्तै सम्लेनकाे उद्घाटनसत्रमा बाेल्दै प्रदेश आर्थिक मामिला तथा याेजनामन्त्रि राम राना मगरले आफ्नाे समुदायकाे भाषा, सस्का सस्कृती जाेगाउन सबैकाे भुमिका आवश्यक रहेकाे बताउनु भयाे । अहिले विभिन्न समुदायकाे भाषा विर्सदै गएकाे भन्दै यसकाे जगेर्नाका लागि भाषिक शिक्षालाई जाेड दिन पर्ने बताउनु भयाे ।
त्यस्तै अन्तराष्ट्रिय मगर महासंघका अध्यक्ष नवीन मगरले नेपाल एकीकरण हाेस् या राष्ट्र निर्माणका लागि गरिएका अन्य कुनै कार्यमा मगरहरुकाे याेगदान महत्वपूर्ण रहेकाे बताउनु भयाे । तर यति हुँदाहुँदै पनि राज्यले मगर समुदायकाे मात्र नभई यहाँ बसाेबास गर्ने विभिन्न जातजातीकाे संस्कार संस्कृती सम्रक्षण, सम्वर्द्वनमा ध्यान नदिएकाे बताउनु भयाे । त्यसैले आफ्नाे भाषा,सस्कार,सस्कृती सम्वर्द्वनका लागि अहिले जाति तथा समुदाय आफै संगठित हुन परेकाे उल्लेख गर्नुभयाे ।
सम्मेलनकाे उद्घाटन सत्रमा नेपाल मगर संघ केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगर, धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पाैडेल, पाख्रीवास नगरपालिका प्रमुख ज्ञान बहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए । नेपाल मगर महिला संघकाे समिती गठन भएका ५६ मध्ये ४५ बढी जिल्लाबाट प्रतिनिधि तथा पर्यवेक्षककाे सहभागीता रहेकाे सम्मेलन घाेषणापत्र जारी गर्दै भाेलि समापन हुनेछ ।


