नेपाल राष्ट्रिय पर्यटन ब्यावसायी संगठन धनकुटा  जिल्लाको प्रथम  जिल्ला अधिवेशन सम्पन्न

धनकुटा । नेपाल राष्ट्रिय पर्यटन व्यावसायी संगठन धनकुटा  जिल्लाको प्रथम  जिल्ला अधिवेशन सम्पन्न भएको छ। प्रथम अधिवेशनबाट लाक्पा तेञ्जिङ शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। 

 प्रथम अधिवेशनबाट अध्यक्षमा सेर्पालाई  निर्विरोध निर्वाचित  गरेको हो।  अधिवेशनले उपाध्यक्षमा खेमराज थापा,  सचिवमा लिलाराज लावती ,काेषाध्यक्षमा लक्ष्मी परियार रहेकाछन्  । यसैगरी सदस्यमा मान बहादुर थापा, कर्ण बहादुर मगर, लिलाराम राई , प्रकाश श्रेष्ठ ,रविन जंग कटुवाल ,काजीमान लिम्बू ,पुस्पा तामाङ  निर्वाचित भएका छन्  । 

प्रथम भेलालाई  जिल्ला पार्टी अध्यक्ष शिव आङला, नेकपा एमाले काेशी प्रदेश कमिटी सदस्य कृष्ण शाहले सम्बाेधन गर्नु हुदै नव गठित  संगठनका जिल्ला कमिटीलाई  कार्काल सफलताको  शुभकामना दिनु भयो । साथै उहाँहरुले  पर्यटन व्यवसायीले भोग्नु परेको कठिनाइ, व्यवसायिक हक हितकाे पक्षमा  आगामी दिनमा संगठनले   ससक्त रुपमा काम गर्नुपर्ने बताउनुभयो । 

  नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन काेशि प्रदेश अध्यक्ष फडिन्द्र अधिकारीले संगठनकाे  गतिविधि र कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियोे । साथै उहाँले अहिलेसम्म यसअघि काेशि प्रदेशका ३ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको जानकारी गराउदै   धनकुटा जिल्ला संग गरि ४  वटा जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भएको जानकारी दिनु भयो । 

संगठनका प्रदेश सदस्य अनिल राना मगर , मानवी माेक्तान , पार्टीका जिल्ला सचिवालय सदस्य बलबहादुर राई ,छथरजाेरपार्टि गाउँ कमिटी काेषाध्यक्ष महेन्द्र थापा , तुलसा पौडेल लगायतको उपस्थिति थियोे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।