‘चौथो होम एन्ड अवे बास्केटबल च्याम्पियनसिप’ उपाधि भ्याली भ्यु स्कुललाई

काठमाडौं । कीर्तिपुर बास्केटबल एसोसिएसनले आयोजना गरेको ‘चौथो होम एन्ड अवे बास्केटबल च्याम्पियनसिप’को उपाधि मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कुलले जितेको छ।

संविधान दिवस अवसर पारेर स्वर्णिम स्कुल डल्लुमा सम्पन्न  प्रतियोगिताको फाइनल खेलमा भ्याली भ्यु स्कुलले पुष्पसदन बोर्डिङ स्कुललाई ७५–६५ को स्कोरले पराजित गर्दै उपाधि हासिल गरेको हो। 
भ्याली भ्यु स्कुलका खेलाडी गणेश बिष्टले फाइनल खेलमा एक्लैले ३९ स्कोर गर्दै ‘म्यान अफ द म्याच’को ट्रफी हात पार्न सफल भए। भ्याली भ्यु स्कुलका बास्केटबल कोच अजित महर्जन र इची महर्जनले स्कुलमा बास्केटबलको नियमित प्रशिक्षणको व्यवस्था भएका कारण राम्रा खेलाडी उत्पादन भइरहेको र च्याम्पियनसिपको उपाधिसमेत जित्न सकिएको प्रतिक्रिया दिएका छन्।

च्याम्पियनसिपमा दोस्रो स्थान पुष्पसदन बोर्डिङ स्कुल र तेस्रो स्थान स्वर्णिम स्कुलले हात पारेका छन्। कीर्तिपुर बास्केटबल एसोसियसनले हरेक वर्ष विद्यालय स्तरको प्रतियोगिता आयोजना गर्दै आएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖