धनकुटाका यी स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने
धनकुटा । धनकुटाका केही स्थानमा आज बिद्युत अवरुद्द हुने भएको छ ।
नेपाल बिद्युत प्राधिकरणको धनकुटा बितरण केन्द्र अन्तर्गत बेलाहारा डाडा देखि खोकु पिप्ले सम्म ११ के .भि. लाइनको वरिपरी रहेका रुख, हागा,बास तथा झाडी कटान ( बुश कटिङ) कार्य गर्नु पर्ने भएको हुदा सहिदभुमी गाउंपालिकाका सम्पुर्ण एरियामा बिहान ११:०० बजे देखि दिनको ३:०० बजे सम्म लाइन अबरुद्ध हुने जनाएको छ ।
प्राधिकरणले लेखेको छ : आज मिति २०८१/०६/०६ गते आइतबारका दिन धनकुटा बितरण केन्द्र अन्तर्गत बेल्हरा डाडा देखि खोकु पिप्ले सम्म ११ के .भि. लाइनको वरिपरी रहेका रुख, हागा,बास तथा झाडी कटान ( बुश कटिङ) कार्य गर्नु पर्ने भएको हुदा सहिदभुमी गा. पा.का सम्पुर्ण एरियामा बिहान ११:०० बजे देखि दिनको ३:०० बजे सम्म लाइन अबरुद्ध हुने ब्यहोरा जानकारी गराइन्छ ।
माथि उल्लेखित कार्य समय अगाबै काम सकियमा उक्त समय अगाडी नै लाइन सुचारु हुने ब्यहोरा समेत जानकारी गराइन्छ ।

Screenshot


