काभा वुमन्स भलिबल क्लब च्याम्पियन प्रहरीको टिमलाई भव्य स्वागत

काठमाडौं । मित्रराष्ट्र माल्दिभ्समा भदौ ३० गतेदेखि असोज ५ गतेसम्म संचालित काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिप प्रतियोगिताको उपाधि जितेको नेपाल प्रहरीको महिला भलिबल टोली स्वदेश फर्किएको छ ।

नेपाल प्रहरीको टिमलाई त्रिभुवान अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

प्रतियोगितामा शनिबार भएको फाइनल खेलमा उज्वेकिस्तानको हुमो क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल प्रहरीको महिला भलिबल टोलीले उक्त उपाधि हासिल गरेको थियो । 

प्रतियोगितामा नेपाल प्रहरीको महिला भलिबल टोलीका उषा भण्डारी उत्कृष्ट आउट साइड हिटर तथा सर्वोत्कृष्ट खेलाडी, सुमित्रा रेग्मी उत्कृष्ट मिडल ब्लकर ट्रायल र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो घोषित भए । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।