“श्रृङखलाबद्ध भ्रष्टचारको काण्डलाई भण्डाफोर गर्दै अघि बढ्छौ”–पहिचानवादी नेता थेगिम

धनकुटा । प्रदेस नं.१ को पुनः नामकरण संघर्ष समिति धनकुटाको जिल्ला भेला सम्पन्न भएको छ ।

‘इतिहास, भूगोल, सभ्यता र संस्कृति रक्षार्थ हाम्रो आव्हान, समृद्ध नेपाल र पहिचानको आधारमा पुनःनामंकन गर्न जिल्ला जागरण’ भन्ने मुल नाराको सम्पन्न भेला प्रदेश नं.१ को पुनः नामकरण संघर्ष समितिका केन्द्रिय नेता डगेन्द्र सिं थेगिमको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

‘कोशी नाम खारेज र भ्रष्टचार विरुद्ध जनअभियान–०८१’ नाम दिइएको जिल्ला स्तरिय प्रशिक्षण, अन्तरक्रिया तथा भेलालाई सम्बोधन गर्दै पहिचानवादी नेता थेगिमले प्रदेश १ को नाम कोशी पश्चगामी नाम भएको बताउनु भयो ।

उहाँले कोशी नदी नेपालमा नभएको भारतिय नाम नेपाली जनतालाई स्विकार्य नहुने बताउनुभयो । पहिलो चरणको आन्दोलनबाट धेरै उपलब्धीहरु भएको स्मरण गराउँदै थेगिमले पहिचावादीहरुको आन्दोलनको कारणले तत्कालिन हिकमत बहादुर कार्कीको नेतृत्वको प्रदेश सरकार ढलेको प्रभाव केन्द्रसम्म परेको बताउनु भयो ।

संयोगले भनौं योजनावद्ध फेरी तिनै हिकमत बहादुर अहिले प्रदेश १ का मुख्यमन्त्रि भएको भन्दै दोश्रो चरणको शान्तिपुर्ण आन्दोलन अघि बढाउन र आगामी मंसिर २ गते प्रदेशको नाम कोशी विरुद्ध प्रदेश सभा घेराउ तथा विरोध कार्यक्रम आयोजना गर्न पुर्व तयारीको लागि जिल्ला दौडाहा गरिरहेका जानकारी गराउनुभयोैं । उहाँले अभियानको मुख्य ऐजेण्डा भनेको अहिलेको सरकार भ्रष्टचारी÷भ्रष्टचारी मिलेर बनेको सरकार भएकाले श्रृङ्गखलाबद्ध भ्रष्टचारको काण्डहरुलाई भण्डाफोर गर्दै अघि बढ्ने बताउनुभयो ।

थेगिमले मंसिर–२ गतेको विराटनगरमा हुने प्रदेससभा घेराउ कार्यक्रमलाई आर्थिक, भौतिक, नैतिक रुपमा साथ र सहयोग जुटाउन सबैलाई आग्रह गर्नुभयो ।’ उहाँले इलामको उप–निर्वाचनले प्रदेश १ मा पहिचानवादी शक्तिलाई तेश्रो निर्णायक शक्तिको रुपमा स्थापित गरि सकेको दाबी गर्नुभयो । उहाँले भन्न्ुभयो–‘हामीले निर्वाचन चिन्ह पाएको १० दिनमा ११÷१२ हजार भोट ल्याउन सफल भयौं, त्यो नै सबै भन्दा ठूलो उपलब्धी हो ।’

उहाँले निर्वाचनमा देश,विदेशबाट साथ सहयोग गर्ने सबै सबैलाई धन्यवाद् समेत दिनुभयो । उहाँले पछिल्लो समयमा नेकपा माओवादीले पहिचान र संघीयताको पक्षमा लाग्ने पार्टीलाई साथ र समर्थन नगरेर पहिचान विरोधीपार्टी लाई समर्थन गर्नु प्रदेश १ को लागि दुर्भाग्य भएको जिकिर समेत गर्नुभयो ।

त्यस्तै नेपाल जनमुक्ति पार्टीका केन्द्रिय सचिव एल्बी पालुङ्गवाले पहिचानवादीहरुले वडा–वडासम्म समानन्तर सरकार गठन गरेर अघि बढ्ने बताए । उहाँले प्रदेस १ मा पहिचानवादीहरुको अबको राजनीतिक कार्यदिशा भनेको संविधानमा व्यवस्था भएको स्वशासन मार्फत ‘स्वयत्तता, विशेष क्षेत्रे व्यवस्था मिलाउने गरी आन्दोलन केन्द्रित हुनु पर्ने बताउनुभयो ।’ उहाँले पहिलो चरण अन्तर्गत अन्तर जिल्ला गठन गरी सकेपछि दोश्रो चरणमा पालिका स्तरमा संगठन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘आगामी मंसिर २ गते विराटनगर केन्द्रित शान्तिपुर्ण आन्दोलनमा वढी भन्दा वढी यूवा उतार्ने गरी जिल्ला जिल्लामा तयारी गर्नु पर्छ ।’

उहाँले प्रदेश १ मा रहेको सवै भन्दा धेरै जनसंख्या भएको जाति समुदाय देखि लिएर कम जनसख्या भएको जाति समुदायलाई समेत समेटेर आन्दोलनलाई अघि वढाउन सकियो भने मात्र सफल हुने बताउनुभयो । प्रदेस १ मा कोशी नाम विरुद्ध सवै जाति समुदाय र राजनीतिक पार्टीहरु एक छन् भन्ने भाश्य निर्माण गर्न सकियो भने मात्र राष्ट्रिय÷अन्तराष्ट्रिय समर्थन जुट्ने नेता लावतीको कथन थियो ।

अन्तरक्रिया कार्यक्रमा सामाजिक जनतन्त्र प्रवद्र्धक एवं नेपाली कांग्रेसका नेता आनन्द सन्तोषी राईले कुरा एकातिर काम अर्को तिर गर्ने गलत प्रबृत्तिले गर्दा पहिचानको आन्दोलन सफल हुन नसकेको खुलासा गर्नुभयोे । उहाँले देशमा धेरै खाले राज्य व्यवस्थाको लागि आफूले प्रस्ताब गरेको शासन व्यवस्था संघीय गणतन्त्र नेपाल भएपनि अब पहिचान स्थापित गर्न सामाजिक जनत्न्त्रले मात्र सम्भव हुन बताउनुभयो ।

त्यसैगरी किराया महासचिव तथा पहिचानका लागि यूवा अभियानका केन्द्रिय संयोजक भीम राइले प्रदेश १ मा पहिचानवादीहरुले १८ महिना देखि निरन्तर आन्दोलन गरिरहेको सहभागीहरुलाई स्मरण गराउनुभयो । उहाँले प्रदेश १ मा पहिचान र सामाथ्र्यलाई लत्याएर गुण्डागर्दि शैलीमा कोशी नाम राख्ने सांसदहरु विरुद्ध आन्दोलन गर्नु परेको बताउनुभयो । त्यति मात्र नभएर पहिचावादीहरुलाई आतंकारीको बिल्ला भिराउने ठूला भनिएका राजनीतिक नेताहरु, प्रदेस सांसदहरु सहित (८२+३)को विरुद्धमा अभियान केन्द्रित हुनु पर्नेमा उहाँको जोड थियो । उहाँले दोश्रो चरणको आन्दोलन आगामी मंसिर–२ गते देखिको शान्तिपुर्ण आन्दोलनमा पनि राज्य पक्षबाट हस्तक्षेप भयो भने सडकमा बिद्रोह हुने चेतावनी दिनुभयो ।

त्यसैगरी नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सदस्य नन्दु याम्फूले आगामी मंसिर २ गते विराटनगरमा केन्द्रित हुने शान्तिपूर्ण आन्दोलनमा लिम्वूवान राष्ट्रिय समितिलाई आफ्नो पार्टीको तर्फबाट परिचालन गर्ने बताउनुभयो । प्रदेश नं.१ को पुनः नामंकन संघर्ष समिति धनकुटा जिल्ला संयोजक संजय सन्तोषी राईको अध्यक्षतामा सम्पन्न कोशी नाम खारेज र भ्रष्टचार विरुद्ध जनअभियान–०८१’ नाम दिइएको जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रममा किराँत राई यायोखाका सचिव नगेशचन्द्र राईले पनि सम्बोधन गरेका थिए ।

पहिचानवादी मोर्चाका धनकुटा जिल्ला संयोजक सरकरमारी आठपहरिया, जनता समाजवादी पार्टी नेपाल धनकुटा जिल्ला अध्यक्ष पार्वती राई, संघीय लिम्वूवान मञ्चका जिल्ला अध्यक्ष आशिष थेगिम, जसपाका निशान किराँती, नेफिन धनकुटाका अध्यक्ष नविकिशोर शाक्य, नागरिक अभियान्ता सुन्दरवावु श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

साथमा, जिल्लामा रहेका एकल जातिय संस्थाहरु किराँत याक्थुङ्ग चुम्लुङ, किराँत राई योयोखा, नेपाल शेर्पा संघ, नेवाःपुचः, नेपाल मगर संघ लगायत एकल जातिय संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । जिल्ला भेलाले शान्तीपूर्ण ढंगले दोश्रो चरणको आन्दोलन गर्ने, पालिकाहरुमा समानन्तर पहिचानवादीको वडा सरकार गठन गर्ने, मंसिर–२ गतेको प्रदेस सभा घेराउ कार्यक्रम सफल बनाउन आर्थिक सहयोग संकलन अभियान चलाउने निर्णय भएको छ । मंसिर–२ गतेको विराटनगर केन्द्रित आन्दोलनमा १४ वटै जिल्लाबाट एकल जातिय संस्थाहरुको सहभागिता हुने पनि जानकारी दिइएको छ ।

त्यसैगरी प्रदेश १ मा पहिचानवादी शक्ति तेश्रो राजनीतिक शक्तिको रुपमा इलामको उप–निर्वाचन पछि स्थापित गराई सकेकोले मिसन–०८४ लाई पनि त्यहि रफ्तार काम गर्ने गरी आगामी कार्यदिशा निर्माण गरेर अघि वढ्ने निर्णय भएको छ ।

साथै, पहिचानवदाीहरुको आगामी कार्यदिशा के हुने भन्ने विषयमा अतिथि वक्ता र सहभागी विच वृहत छलफल एवं वहस भएको छ । साथै, अशोज १५ गते चौविसे गाउँपालिकाको राजारानीमा पहिचानवादीहरुको बृहत पालिका स्तरको भेला आयोजना गर्ने भनि निर्णय भएको जिल्ला संयोजक संजय सन्तोषी राईले बताउनुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।