पाख्रीवास बजारका खाद्य पसलहरुको अनुगमन,२० हजार मूल्य बराबरको अखाद्य सामान नष्ट

धनकुटा । धनकुटाको पाख्रीवास बजारका खाद्य पसलहरुको आज अनुगमन गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाको संयोजनमा जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझी नेतृत्वको टोलिले बजारको अनुगमन गरेको हो ।

अनुगमनको क्रममा म्याद नाघेका, लेवल विवरण नराखिएका, ढुसी, किरा लागेका करिब २० हजार मूल्य बराबरको अखाद्य पेय पदार्थ जफत गरि नष्ट गरिएको टोलिले जनाएको छ ।

पसलहरुमा मूल्य सूचि नराखिएको,व्यपारी आफुले खाद्य पदार्थ किन्दा उत्पादन मिती नहेर्ने गरेको,अन्न, दाल खुल्ला रुपमा राखेर बेच्ने गरेको, खाद्य र अखाद्य सामान एकै ठाउँमा राख्ने गरेको, उपभोग गर्न नमिल्ने उपभोग मिती नाघेका खाद्य पदार्थ एक्पायर जोनमा राख्न पर्नेमा त्यसो नगरेको पाईएको टोलीले जनाएको छ ।

त्यसैले उपभोक्ताहरुको खाद्य स्वच्छता सम्बन्धि अधिकारलाई ध्यान दिदै स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार खाद्य पसलहरुले निर्वाह गर्नु पर्ने दायित्वको सम्बन्धमा व्यापारीहरुलाई जानकारी गराईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले जनाएको छ ।

अनुगमन टोलिमा घरेलु तथा साना उद्योग कार्यलय धनकुटा,पाख्रीवास नगरपालिका,ईलाका प्रहरी कार्यलय पाख्रीवास, राष्ट्रिय उपभोक्ता मञ्चका प्रमुख एवं प्रतिनीधिहरुको सहभागिता थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।