राष्ट्रिय शिक्षक संगठन सहिदभूमि गाउँ कार्यसमिति धनकुटाको आयोजनामा शुभकामना आदानप्रदान तथा अन्तर प्रावि मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

धनकुटा । राष्ट्रिय शिक्षक संगठन सहिदभूमि गाउँ कार्यसमिति धनकुटाको आयोजनामा नेपालीहरुको चाडपर्व दशै,दिपावाली ,वाढाङ्मीको अवसरमा शुभकामना आदानप्रदान तथा अन्तर प्रावि मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

कार्यक्रम संगठनका अध्यक्ष दुर्गा बहादुर खड्काको अध्यक्षता तथा सहिद भुमि गाउँ पालिका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

हाजिरी जवाफ प्रतियोगितामा छिन्ताङ देवी मावि प्रथम भएको छ । छिन्ताङ माविका कृष्ण प्रसाद राइकाे टाेलि नेताकाे टिममा जनक बस्नेत ,दिलकुमारी केरुङ , द्वितीय पञ्चकृषण माविका टाेलिनेता केदार नेपाली ,केशव बुढाथोकी ,ईन्दिरा भण्डारी , तृतीय टप्पुदेवी प्रवी , टाेलिनेता माेहाेन कार्की ,जगरनाथ राजवंशी ,रविना राई रहेकाछन् । हाजिरी जवाफ प्रतिगामा प्रथम ,द्वितीय ,तृतीय हुने समुहलाई क्रमश करुवा प्रदान गरिएको थियोे ।

साेहि अवसरमा सेवा निवृत्त शिक्षकलाई सम्मान गरिएको थियोे भने , एईई परीक्षामा उत्कृष्ट अंक ल्याउने ३ जना विद्यार्थीलाई सम्मान समेत गरिएको थियो ।

प्रथम छिन्ताङ देवी माविका सुदेशना राईलाई प्रमाणपत्र नगद १५ सय प्रदान गरेर सम्मान गरेको संगठनका अध्यक्ष दुर्गा बहादुर खड्काले जानकारी दिनुभयो । उनले जिपिए ३.३७ ल्याएका थिए । यस्तै द्वितीय जीवन सुधालय मावि का निष्ठा राई लाई प्रमाणपत्र नगद १ हजार प्रदान गरिएको थियोे । उनले जिपिए ३.३३ ल्याएका थिए । तृतीय पुजा राई टप्पुदेवी माविका जिपिए ३.२३ ल्याउन सफल प्रमाणपत्र र नगद ५ सय प्रदान गरिएको थियो ।

सेवानिवृत शिक्षकहरू शमशेर मान राई ,छत्रबहादुर राई ,मदन बहादुर राई ,प्रकाश राई र शुभदेव राईलाई करुवा प्रदान गरेर सम्मान गरेको थियोे ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि मनाेज राई गाउँपालिका उपाध्यक्ष रत्न श्वरी राई , नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष किसाेर राई लगायत अतिथि हरुले चाडपर्वकाे शुभकामना दिनु हुदै सम्मानित विद्यार्थी , निवृत्त शिक्षकहरूलाई करुणा ,प्रमाणपत्र नगद प्रदान गरेर सम्मान गर्नु भएको थियो ।

हाजिरी जवाफ प्रतियोगितामा मा वि – ८ वटा र आधारभूत विद्यालय-५ गरि जम्मा १३ ओटा विद्यालयकाे सहभागिता थियाे ।कार्यक्रम सञ्चालन सचिव भुमिराज राई ले गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖