धनकुटाबाट छिन्तांग जांदै गरेको पिकअप दुर्घटना
धनकुटा,१० असोज । धनकुटामा आज दिउँसो पिकअप दुर्घटना हुंदा दुई जना घाइते भएका छन् ।
धनकुटा नगरपालिका ६ को फोक्लाण्ड टापु छेउमा धनकुटाबाट छिन्तांग तर्फ जाँदै गरेको पिकअप दुर्घटना भएको हो ।
घाइतेलाई उपचारका लागि अस्पताल लगिएको र दुर्घटना बारे अनुसन्धान भई रहेको जनाइएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


