धनकुटाका किसानलाई बर्षाले राहत
धनकुटा,१० असोज । बुधबार देखि भएको वर्षाले धनकुटा सहित अन्य जिल्लाका किसानलाई राहत मिलेको छ। खेत तथा बारीमा लगाएको अन्नबाली, तरकारी तथा फलफुल बालीलाई सिँचाइ उपलब्ध भएपछि किसान खुसी भएका छन्।
बर्षा नहुदाँ खेतमा लगाइएको अन्नबाली र तरकारी बाली सुक्दै गएको थियो तर यो समय भएको बर्षाले किसान लाई ठूलो राहत गरेको धनकुटा नगरपालिकालका कृषक रमेश राईले बताए । उनले भने पानी नपर्दा हिउँदे वालि सुक्न थालेको थियो तर बुधबार बाट भइ रहेको लगातार बर्षाले किसान लाई निकै ठूलो राहत दिएको छ ।
सिमसिम पानी परेकाले मंसिरे धान खेती लाइ पनि निकै राम्रो भएको साँगुरीगढीका अर्का कृषक चन्द्र बहादुर लिम्बुले बताए । किसानले खेत बारीमा लगाएको धान, दलहन बाली , कोदो, तरकारी तथा फलफुल बाली लाई समेत बर्षाले निकै फाइदा भएको किसानको भनाई छ ।


