सांगुरीगढीमा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन

धनकुटा, असोज १० गते ।धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं-५ डाँडाबजार स्थित श्री भानु मा.वि.को सभाहलमा श्री भानु मा.वि को आयोजना तथा प्रहरी चौकी डाँडाबजार,धनकुटाको सहकार्यमा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन भएको छ ।

बिद्यालयका प्रधानाध्यापक यज्ञ बहादुर लिम्बु, प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरी, बिद्यालय व्यावस्थापन समितिका अध्यक्षको पूर्ण बहादुर खजुम,साँगुरीगढी गा.पा का पुर्व गाउँपालिका अध्यक्ष कुमार जंग याख्खा,साँगुरीगढी गा.पा वडा नं. ५ का वडा अध्यक्ष खड्क बहादुर लिम्बु , डाँडाबजार खानेपानीका अध्यक्ष चंन्द्र बहादुर याख्खा लगायत बिद्यालयका शिक्षक,शिक्षिक, विद्यार्थीहरु,अभिभावक ,स्थानिय बुद्धिजीवी, भद्रभलादमी, जनप्रतिनिधि समेत गरी अं १२५ जनाको उपस्थितिमा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी बिषयमा कार्यक्रममा उपस्थितलाई प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।