लगातारको बर्षाका कारण धनकुटाको जनजीवन प्रभावित
धनकुटा,११ असोज । लगातारको बर्षाका कारण धनकुटाका ग्रामिण तथा शहरी क्षेत्र जनजीवन प्रभावित बनेको छ ।
बुधबार राती देखि भएको निरन्तर बर्षाका कारण जनजीवन प्रभावित भएको हो । ग्रामीण क्षेत्रका सडक ठाउँ ठाउँमा विग्रिएका छन् जसले गर्दा यातायतका साधान संचालनमा समस्या भएको छ ।
शहरी क्षेत्रमा समेत बजार पसल खुले पनि उपभोक्ता नभएको व्यावसायीहरुले बताएका छन् । सरकारले नै अत्यावश्यकीय बाहेक यात्रा नगर्न भने पछि यातायतका साधन तुलनात्मक रुपमा कम चलेको व्यावसायीहरुले बताएका छन् ।
विद्यार्थीलाई विद्यालय पु¥याउने र ल्याउन समेत समस्या भएको अभिभावकहरको भनाई छ ।


