धनकुटाको साँगुरीगढी ९ मा आइतवार लगभग दश घण्टा विद्युत अवरुद्ध हुने
हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका ९ मा असोज १३ गते लगभग दश घण्टा विद्युत अवरुद्ध हुने भएको छ ।
विद्युत लाइन वरिपरिका रूख, हाँगा, बाँस तथा झाडी हटाउनुपर्ने भएकाले विद्युत अवरुद्ध गरेर काम गर्न लागिएको विद्युत प्राधिकरण धनकुटाले जनाएको छ ।
प्राधिकरणका अनुसार बिहान ८ देखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुनेछ । विधुत लाइनको प्रेट्रोलिङ (सरसफाइ) ‘बुस कटिङ’ गर्नुपर्ने भएको हुँदा सोही कारण साँगुरीगढी गाउँपालिका ९ का सबै क्षेत्रमा विद्युत अवरुद्ध गरेर काम गर्न लागिएको हो ।
छिटै काम सकिएमा तोकिएको समयभन्दा अघि पनि विद्युत लाइन सुचारु हुनसक्ने प्राधिकरणले जनाएको छ ।


