पाख्रीवासमा पहिराले घर पुरिदा २ जनाको मृत्यु
धनकुटा,१२ असोज । धनकुटाको पाख्रिबासमा पहिरोले घर बगाउदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाख्रिवास नगरपालिका वडा नम्वर पाँच गुराँसे डाँडाको ३५ वर्षिय आषा तामाङ्ग र उहाकी आमा करीब ५० बर्षिय राम कुमारी तामाङ्ग रहनु भएको छ ।
बिहान करीब साढे तिन बजे तिर घर बगाउन लागे पछि घरमा रहेको सामान निकाल्न गएको आमाछारीको पहिरोले पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका इनिस्पेक्टर बिश्व खड्काले जानकारी दिनु भयो ।
यता धनकुटाको छथर जोरपाटी गाँउपालिका ६ सिधुवामा पहिरोले गोठ पुर्दा एक दर्जन बढि चौपाया पुरेको स्थानिय अर्जुन घिमिरेले जानकारी दिनुभयो । सिधुवा वजार पछाडी वाट गएको पहिरोको कारण बजारका केहि घर समेत जोखिममा परेका छन् ।


