धनकुटामा गत २४ घण्टामा १६९.५ मिलिलिटर वर्षा
धनकुटा,१२ असोज । धनकुटामा वितेको २४ घण्टामा १६९.५मिलिमिटर बर्षा भएको मोसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लगातारको बर्षाका कारण धनकुटाका ग्रामिण तथा शहरी क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।
बुधबार राती देखि भएको निरन्तर बर्षाका कारण जनजीवन प्रभावित भएको हो ।
पहिराेमा परी पाख्रीवासमा २ जनाको मृत्यु भएको छ । जिल्लाका धेरै स्थानमा पहिरो गएका विवरण आइ रहेका छन् । धनकुटा बर्षाका कारण धनजनको क्षति भइ रहेको छ ।


