भेडेटार-रवि-राँके सडक खण्डको ठाउँ-ठाउँमा पहिरो खस्दा सडक अवरुद्द
धनकुटा, १२ असोज । भेडेटार-रवि-राँके सडक खण्ड अन्तर्गत भेडेटार- डाँडाबजार सम्मका विभिन्न स्थानका पहिरो खस्दा सडक अवरुद्ध भएका छ ।
केही दिन देखि परेको अविरल बर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा यातायात संचालनमा समस्या भएको छ ।
तत्काल सफा गरि सडक खुलाउने प्रयास गरि रहे पनि पानी परि रहेकाेले समस्या भएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द राइले जानकारी दिनु भयो ।


