धनकुटामा करिब १० घण्टामा १७३ मिलिलिटर वर्षा
धनकुटा,१२ असोज । धनकुटामा वितेको करिब १० घण्टामा १७३ मिलिमिटर बर्षा भएको माैसम पुर्वानुमान महाशाखाले जनाएकाे छ ।
लगातारको बर्षाका कारण धनकुटाका ग्रामिण तथा शहरी क्षेत्र जनजीवन प्रभावित बनेको छ ।
बुधबार राती देखि भएको निरन्तर बर्षाका कारण जनजीवन प्रभावित भएको हो । पहिराेमा परी पाख्रीवासमा २ जनाकाे मृत्यु भएकाे । जिल्ला धेरै स्थानमा पहिराे गएका विवरण आइ हरेका छन् ।
धनकुटा बर्षाका कारण धनजनकाे व्यापक क्षेती भएकाे भए पनि आधिकारिक तथ्यांक भने आएकाे छैन् ।


