धनकुटाको फलामेटारमा तमोर नदीले बगाएर ल्याएकी एक महिलाको शव फेला
धनकुटा,१३ असोज । तमोर नदीले बगाएर ल्याएकी एक महिलाको शव धनकुटाको फलामेटारमा फेला परेको छ ।
नदीले बगाएर ल्याएकी महिलाको पहिचान भने अहिले सम्म हुन सकेको छैन् । अघि तमोर नदीले नै बगाएर ल्याएकी एक महिलाको शव मुलघाटमा फेला परेको थियो ।
यसबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।


