उद्धार र सहयोगमा लाग्न धनकुटा कांग्रेसको आव्हान
धनकुटा । नेपाली कांग्रेस धनकुटाले आज विज्ञप्ती प्रकाशित गरी केही दिन अघि लगातारु परेको अविरल बर्षका कारण धनकुटा जिल्ला लगायत देशभरि बाढी पहिरोबाट जनधनको ठूलो क्षति भएकोले तत्काल उद्धार तथा सहयोगमा जुट्न सवै जिल्लावासीहरु आव्हान गरेको छ ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई,जिल्ला सचिवहरु विजय सन्तोषी राई र जयन्द्र घिसिङ्गले आज संयुक्त रुपमा विज्ञप्ती जारी गरी अविरल बर्षका कारण धनकुटा जिल्ला लगायत देशभरि बाढी पहिरोबाट धनजनको ठूलो क्षति भएकोले तत्काल उद्धार तथा सहयोगमा जुट्न सवैमा आव्हान गर्नु भएको हो ।
धनकुटा कांग्रैसले दशैको आगमन संर्गै अवरिल बर्षका कारण भएको प्राकृति वित्तीमा परी घईते हुनुभएका सवैको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै घाईतेहरुका निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसंग जोडदार माग समेत विज्ञप्ती मार्फत गरेको छ । त्यसै गरी धनकुटा कांग्रेसले बाढी पहिरोका कारण धनकुटा जिल्ला लगायत देशभरी ज्यान गुमाउनु भएका सवैमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै गदै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
यस दुखत परिस्थितिको हामी सवैले मिलेर सामना गर्नु पर्ने भएको नेपाली कांग्रेस धनकुटाले विज्ञप्तीमा उल्लेख गर्दै प्राकृतिक प्रकोपबाट धनकुटा जिल्लामाभ पीडित हुनुभएकाहरुको उद्धार र सयहोगमा अनी अवरुद्ध राजमार्ग,सडक तथा बाटोहरु सूचारु गर्न तत्काल जुट्नका लागी नेपाली कांग्रेस धनकुटाका जिल्लाभरीका सवै तहका आदरणीय सवै काग्रेसजनहरुमा, र भातृ तथा शुभेच्छुक संस्थाका जिल्ला देखी वडा तह सम्मका सवै कांग्रेसजन लगायत सवैमा धनकुटा कांग्रेसले आव्हन गरेको छ ।
अहिलेको अविरल बर्षाकारण आएको बाढी पहिरोबाट धनकुटा जिल्लामा भएको जनधनको क्षती लगायत सवै प्रकारका क्षतीको विरण समेत संकलन गरी जिल्ला समितिमा अभिलम्ब पठाउन नेपाली कांग्रेस धनकुटाले जिल्लाका सवै , प्रदेश सभा क्षेत्रिय कार्य समिति , पालिका तथा वडा कार्य समितिहरुलाई आग्रह समेत गरेको छ । धनकुटा कांग्रेसले सवै पीडिहरुलाई तत्काल राहतको व्यवस्था समेत गर्न संघिय,प्रदेश र स्थानीय तह सरकारसंग माग समेत गरेको छ ।



